WordPress.org

बारेमा

डोमेनहरू

डोमेनहरू

हाम्रा वर्डप्रेस ट्रेडमार्कसँग सम्बन्धित विभिन्न कारणहरूको लागि, यदि तपाईँ वर्डप्रेसबारे वा त्यससँग सम्बन्धित साइट सुरु गर्न लाग्नुभएको छ भने, हामी अनुरोध गर्दछौँ कि डोमेन नाममा “WordPress” प्रयोगनगर्नुहोस्। यसको सट्टा “wp” वा अन्य कुनै विविधता प्रयोग गर्न प्रयास गर्नुहोस्। हामी कानूनी सल्लाहदाता होइनौँ, तर धेरै सक्षम कानूनी सल्लाहदाताहरूले हाम्रो ट्रेडमार्क जोगाइराख्न यसो गर्नुपर्ने कुरा हामीलाई बताएका छन्। साथै, धेरै प्रयोगकर्ताहरूले हामीलाई यसले झुक्किने अवस्थाहरू सिर्जना गरेको बताउनु भएको छ।

यदि तपाईँसँग पहिले नै “WordPress” भएको डोमेन छ भने, त्यसलाई “wp” भएको समकक्ष डोमेनमा रिडिरेक्ट गर्नु ठीक हुन्छ, तर प्रयोगकर्ताहरूले देख्ने र तपाईँले प्रवर्द्धन गर्ने मुख्य डोमेनमा “WordPress” नहोला, र दीर्घकालीन रूपमा तपाईँले पुरानो डोमेन फाउन्डेशनमा हस्तान्तरण गर्ने कुरा विचार गर्नुहोस्।

“WordPress” सबडोमेनमा ठीक छ, जस्तै wordpress.example.com, हामी केवल शीर्ष स्तर डोमेनहरूको बारेमा चिन्तित छौँ।

हामीले यो कुरा हामीलाई सोध्ने जो कोहीलाई भनेका छौं, हामी यसलाई सार्वजनिक गर्न चाहन्छौँ ताकि धेरै मानिसहरू यो नीति बारे सचेत हुन सकुन्।

यदि तपाईँ अन्य डोमेनहरूमा वर्डप्रेस चलिरहेको देख्नुभएको छ र ती WordPress.com, WordPress.net, WordPress.org, WordPress.tv वा WordPressFoundation.org होइनन् भने, तिनीहरू अनुमति प्राप्त छैनन्। तपाईँले साइट मालिकसँग सम्पर्क गर्नुहोस् र यो पृष्ठको सन्दर्भ दिनुहोस्। हामीले यो प्रायः स्पामयुक्त साइटहरूमा देख्ने गर्दछौँ जसले प्लगिन र थिमहरू मालवेयरसहित वितरण गरिरहेका हुन्छन्। यस्ता साइटहरूलाई सार्वजनिक रूपमा देखाएर, तपाईँले परियोजनाको इमानदारी सुरक्षित गर्न सहयोग गरिरहनुभएको हुन्छ।