वर्डप्रेस चिन्नुहोस्

विश्वभरका लाखौँ वेबसाइटहरूको रोजाइमा परेको खुला स्रोत प्रकाशन मञ्च — स्रष्टाहरू, साना व्यवसाय र ठूला उद्यमहरूसम्मका लागि।

डिजाइन

लचकदार डिजाइन उपकरणहरू र ब्लकहरू को शक्तिको प्रयोग गरेर कुनै पनि वेबसाइट सिर्जना गर्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा थिम छान्नुहोस्। कुनै पनि कोडको आवश्यकता बिना प्रत्येक विवरण कस्टमाइज गर्नुहोस्।

बनाउनुहोस्

तपाईँले सामग्री थप्दा, सम्पादन गर्दा र पुनःक्रमबद्ध गर्दा समेत, तपाईँको साइट वास्तविक समयमा कस्तो देखिन्छ भन्ने हेर्नुहोस्—सबै कुरा व्यवस्थापन गर्न सहज सम्पादन र एकीकृत सुविधाहरू सहित।

ब्लक सम्पादक प्रयोग गरी हेर्नुहोस्

विस्तार गर्नुहोस्

आफ्नो साइटलाई आफ्नो आवश्यकता अनुरूप बनाउनुहोस्। पसल, एनालिटिक्स, न्युजलेटर, सामाजिक मिडिया एकीकरण थप्नुहोस्; वृहत् प्लगिन लाइब्रेरी मार्फत पूर्ण नियन्त्रण प्राप्त गर्नुहोस्।

नयाँ के छ हेर्नुहोस्

वर्डप्रेस ६.९ सँग तपाईँले सँगै काम गर्न, छिटो सिर्जना गर्न, र अझ बढी कन्ट्रोलसहित निर्माण गर्न सक्नुहुन्छ। नोटहरू सीधै तपाईँका ब्लकहरूमा छोड्नुहोस्, सजिलै ड्र्याग र ड्रप गर्नुहोस्, र सहकार्यको बहाव नटुक्रिने गरी प्रशासक सहित कहीं पनि कमान्ड प्यालेट प्रयोग गर्नुहोस्। सही रूपमा मिल्ने तन्कनसक्ने टेक्स्टदेखि लिएर अकोर्डियन, MathML, र Time to Read जस्ता नयाँ ब्लकहरूसम्म, हरेक विवरण सहकार्य र सिर्जनालाई अझ सहज बनाउन निर्माण गरिएको छ।

वर्डप्रेस कार्यक्रममा दर्शकदीर्घामा बसेका उत्साहित, ताली बजाउँदै गरेका सहभागीहरूको सेतो–कालो फोटो हो।